प्रदेश १ मा आजै दुई कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा आजै दुई कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर- ९ का ४५ वर्षीय पुरुष र मोरङको रंगेली नगरपालिका- ८ का ४५ वर्षीय पुरुष रहेका कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन चुमनलाल दासले जानकारी दिएका छन्। 

विराटनगरका संक्रमित कलेजो सम्बन्धि रोगीबाट पीडित थिए। उनी गुद्री बजारका तरकारी व्यापारी भएको आफन्तले बताएका छन्। उनको बुधबार १:३० बजे मृत्यु भएको हो। उनको मृत्युपश्चात मात्र कोरोना भएको पुष्टि भएको हो। 

यस्तै रंगेलीका संक्रमितलाई उपचारका लागि कोसी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। 

यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोरोनाकै कारण विराटनगरको कोशी आइसोलेटेड अस्पतालमा ज्यान गएको थियो। 

प्रदेश १ को पहिलो संक्रमितको मृत्यु भने धरानको विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भएको थियो। भारतबाट फर्केका मोरङको सुनवर्षि नगरपालिकाका ४५ वर्षीय पुरुष प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन्।

एकै दिन ५७ संक्रमित डिस्चार्ज

प्रदेश एकको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार एकै दिन ५७ संक्रमित थपिएका छन्। जसमध्ये मोरङका मात्रै २६ जना, झापाका १६ जना, इलामका ६ जना, सुनसरीका ६ जना ,धनकुटाका १ जना, उदयपुरका १ जना र तेह्रुमका १ जना रहेका छन्। 

१८ संक्रमित थपिए

त्यस्तै प्रदेश १ मा बुधबार मात्र १८ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये मोरङका मात्र १४ जना छन्। त्यस्तै सुनसरी र उदयपरका एक/एक जना छन् भने इलामका दुई जना रहेका छन् । 

हालसम्म प्रदेश १ मा संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ। ति मध्ये ८ सय ८५ जना निको भइसकेका छन्।


Leave a Reply

Your email address will not be published.