रजिष्ट्रार नियुक्ति निष्पक्ष हुन्छ : उपकुलपति सिंह
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयको रजिष्ट्रार नियुक्ति निष्पक्ष हुने बताएका छन्।
‘विश्वविद्यालयको रजिष्ट्रार नियुक्त निष्पक्ष ढङ्गबाट हुन्छ। क्याम्पसमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ। राजनीतिक पार्टीबाट जस्तोसुकै दबाब आए पनि मान्य हुने छैन। राजनीतिक दबाब आएमा एक मिनेटमै पद छाडेर हिँड्छु। तर, दबाव स्वीकार्य हुँदैन', उनले भने।
कार्यकालको एक सय ५८ दिनको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयको भविष्यका लागि गल्ती गर्ने कसैलाई पनि नछाड्ने समेत चेतावनी दिएका छन्।
यसका साथै विश्वविद्यालयलाई बायोमेडिकल, बैज्ञानीक तथा प्रविधियुक्त र कृषि सम्बन्धी बिषयलाई शैक्षिक हबका रुपमा स्थापित गर्ने, विश्वविद्यालयमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको स्थापना गर्ने, फ्याकल्टी अफ एग्रिकल्टर एण्ड् फरेष्टी, मेडिकल साइन्स सञ्चालन गर्ने गरी विश्व बैंकबाट प्राप्त हुने आर्थिक सहयोग अनुसार हाल सालै कृषि उपजका लागि आवश्यकता पर्ने जग्गा, ल्याब र उपकरण निर्माण गर्न आवश्यक कार्य गर्ने निर्णय गरिएको उनले जनाए।
सिंह उपकुलपती भएयता विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न निर्णयहरू पारित गरेको छ।