काठमाडौंमा कोरोना संक्रमणबाट एकको मृत्यु
कोरोना संक्रमणबाट काठमाडौंमा थप १ जनाको मृत्यु भएको छ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता डा. प्रविण नेपालले जानकारी दिए। उनका अनुसार निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो।
मलंवाबाट ज्वरोको समस्याको आइपछी उनी मनमोहन अस्पतालमा भेन्टिलेटरमा उपचाररत रहेकी थिइन्। कोरोना पुष्टि भएपश्चात गत १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ।