नेपालगञ्जमा किटको अभाव

नेपालगञ्जमा किटको अभाव

बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ। 

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट प्रर्याप्तमात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिए।

उपमहानगरपालिकाले संक्रमित वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरूको सम्पर्कमा रहेका करिब दुईसय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलबार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० मात्रै भिटिएम उपलब्ध भएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए।

उपमहानगरपालिकाले १२० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरूको सम्पर्कका आएका ब्यक्तिहरूको स्वाब सङ्कलन गरिएको जनाएको छ। 

मंगलबार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १९८ जनाको स्वाब संकलन गरिएको छ।


Leave a Reply

Your email address will not be published.