सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम गर्न नदिन परिपत्र

सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम गर्न नदिन परिपत्र

सुदूरपश्चिम प्रदेश अन्तरगतका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई निजी संस्थामा काम गर्न नदिन प्रदेश सकारले निर्देशन दिएको छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै अस्पतालहरूलाई परिपत्र गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निजि क्लिनिक तथा अस्पतालहरूमा काम नगर्न अनुरोध गरेको हो। 

मन्त्रालयका सूचना अधिकधारी हेमराज खड्काले जारी गरेको पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरू (विभाग, केन्द्र महाशाखा, परिषद, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत संस्था प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजि स्वास्थय संस्थामा प्राक्टिस नगर्न अनुरोध गरिएको छ। 

यदी कसैले पत्रको अवज्ञा गर्दै निजी स्वास्थय संस्थामा काम गरेको पाइएमा त्यसता स्वास्थ्यकर्मी तथा चिकित्सकको सरकारी स्वीकृति स्वतः खारेज हुने पत्रमा उल्लेख गरिएको छ। 

यस्तै सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आफू कार्यरत सरकारी संस्थाको नाम नीजि क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने समेत पत्रमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published.