ट्रम्पको ‘स्टाटस’ फेसबुक र ट्विटरले डिलिट गरिदिए

ट्रम्पको ‘स्टाटस’ फेसबुक र ट्विटरले डिलिट गरिदिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ‘पोस्ट’ फेसबुकले डिलिट गरिदिएको छ। 

कोरोना भाइरससम्बन्धी उनकाे पोस्टलाई फेसबुकले पहिलोपल्ट हटाइदिएको हो। 

फेसबुकले राष्ट्रपति ट्रम्पले कोरोनासम्बन्धी गलत सूचना सेयर गरेको भन्दै उक्त्त पोस्ट डिलिट गरिएको जनाएको छ। 

ट्रम्पले ‘कोरोनासँग लड्नका लागि बच्चाहरूसँग प्रतिराेधात्मक क्षमता धेरै हुन्छ’ भन्ने खालको स्टाटस लेखेका थिए। र, त्यसमा फक्स न्युजलाई दिइएको अन्तर्वार्ताको एउटा भिडियो क्लिप पनि थियो।

‘यो भिडियोमा कोरोना भाइरससम्बन्धी गलत दाबी गरिएको छ। त्यसैले यो हाम्रो नीतिविपरीत हो। अनि हामीले त्यसलाई डिलिट गरिदिएका हौं, फेसबुकले भनेको छ। 

यसअघि पनि ट्रम्पका विभिन्न विवादित ट्विटहररूलाई लिएर ट्विटरले उनको सामाजिक सञ्जाल निगरानीमा राख्ने जनाएको थियो। त्यसपछि ट्रम्पले अमेरिकामा यस्ता फेसबुक तथा ट्विटर नै बन्द गरिदिने धम्की दिएका थिए। 

ट्विटरले पनि काेराेना संक्रमणसम्बन्धी ट्विटरले बनाएकाे नियमकाे उल्लंघन भन्दै ट्रम्पकाे त्याे ट्विट हटाइदिएकाे छ। 


Leave a Reply

Your email address will not be published.