लेबनान विष्फोट- बचेकाे अन्न एक महिना पनि खान पुग्दैन

लेबनान विष्फोट- बचेकाे अन्न एक महिना पनि खान पुग्दैन

लेबनानमा भएको एउटा विष्फोटपछि रासन तथा खाद्यान्नको अभाव देखिएको छ।

राजधानी बेरुतमा भएको विष्फोटले त्यहाँको जनजीवन र भौतिक संरचना मात्रै तहसनहस गरेन खाद्यन्नको संकट समेत चुलिएको छ र एक महिनालाई पुग्ने समेत खाद्यान्न छैन।

राजधानी बेरुतमा भएको विष्फोटमा १ सय ४० जनाको ज्यान गएको छ भने ४ हजार सर्वसाधरण घाइते भएका छन्।

यो विष्फोटपछि त्यहाँ खाद्य सामग्रीसमेत नष्ट भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेरुतमा एक महिनासम्मलाई पुग्ने खाद्यान्न पनि छैन। 

बुधबार लेबनानका अर्थमन्त्री राउल नेहोले विष्फोटपछि चामल जलेर नष्ट भएको र एक महिनासम्म पनि खाद्यान्न नपुग्ने बताएका थिए। उनका अनुसार बचेको केही पीठोले राहत हुनसक्छ। 

‘हामीसँग कम्तीमा तीन महिनाका लागि खाद्यान्न हुनुपर्थ्याे, लेबनान पहिलेदेखि नै आर्थिक संकटमा छ, खाद्यान्न आयात गर्न पैसा छैन’ अर्थमन्त्री राउलले भनेका छन्।

लेबनानको मुख्य अन्न भण्डारमै विष्फोट हुँदा खाद्य संकट चुलिने भएकाे छ। अहिले त्यहाँ पुरिएर रहेका शवहरु निकाल्ने क्रम चलिरहेको छ। 

उनले भण्डारमा रहेको १५ देखि २० हजार मेट्रिक टन खाद्यान्न नष्ट भएको जनाएका छन्।

तटीय राजधानीमा भएको यो घटनाको कारणबारे आपसमा बाझिनेखालका रिपोर्टहरु आइरहेका छन्। सुरुमा एक पटाकाको गोदाममा भएको आगलागीबाट विष्फोट भएको हुनसक्ने आंकलन गरिएको थियो। 

लेबनानका प्रधानमन्त्री हसान दायबले एक वक्तब्यमा उल्लेख गरेअनुसार उक्त्त गोदाममा विगत ६ वर्षदेखि झन्डै तीनहजार टन एमोनियम नाइट्रेड नामक विष्फोटक पदार्थ स्टोर गरिएको थियो। 

लेबनानको एक समाचार एजेन्सीले पनि तटीय क्षेत्रको एक विष्फोटक गोदाममा सल्किएको आगोका कारण घटना भएको बताएको छ। 

लामो समयदेखि इजरायलसँगको द्वन्द्वमा फँसिरहेको लेबनान अहिले चरम आर्थिक संकटसँग जुधिरहेको छ। अहिले लेबनानमा सरकारविरुद्ध पनि प्रदर्शन भइरहेको छ। १९७५देखि ९०सम्मको गृहयुद्धपछि लेबनान अहिले सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहको छ। 

योमात्रै होइन विश्वमा एमोनियम नाइट्रेड विष्फोटनका अरु पनि ठूला ठूला घटनाहरु भएका छन्। 

२०१३मा अमेरिकाको टेक्सासमा भएको एउटा फर्टिलाइजर कम्पनीमा विष्फोट भएको थियो त्यहाँ कम्तीमा १५ जना मानिस मारिएका थिए। 

त्यस्तै २००१मा फ्रान्सको टुलुजमा पनि एक रसायन कम्पनीमा विष्फोट भएको थियो र ३१ जनाको ज्यान गएको थियो। 

१९९५मा अमेरिकाको ओकलाहोमा भएको एउटा विष्फोटमा प्रयोग गरिएको बमहरुमा पनि एमोनियम नाइट्रेडको प्रायोग भएको पाइएको थियो। 


Leave a Reply

Your email address will not be published.