मोरङका पाँच दलले भने- लकडाउन नगरौं

मोरङका पाँच दलले भने- लकडाउन नगरौं

मोरङमा क्रियाशील पाँच राजनीतिक दलले लकडाउन नगर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई विभिन्न सुझावसहित ११ बुँदे निर्णय पनि गरेका छन्। 

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले पालिकाहरुले आ आफ्नो विशेषताअनुसार उच्च सतर्कता अपनाउनुपर्ने भन्दै लकडाउन नगर्न भनेका हन्। 

दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन्। जसमा नेकपाका अध्यक्ष पोख्रेल, नपाली काँग्रेसका सभापती डिकबहादुुर लिम्बु, समाजवादी पार्टीका राजकुमार यादव, राजपाका अध्यक्ष मोहम्मद कादिर र राप्रपा नेपालका अध्यक्ष माधव आचार्यको हस्ताक्षर रहेको छ।   

उक्त विज्ञप्तीमा कोशी अस्पतालको उपचार क्षमता बढाउँदै आइसियू वेडको संख्या थप्न आग्रह गरिएको छ। त्यस्तै धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार क्षमता बढाउन भनिएको छ। 

त्यस्तै सम्पूर्ण निजी अस्पताललाई सामाजिक र मानवीय दायित्व पुरा गर्न कोभिड उपचार केन्द्र बनाउनका लागि तत्काल व्यवस्थापन गर्न आग्रह गरिएको छ । 

नेपालमा कोरोना भित्रिने उच्च जोखिममा रहेको भारतसँगको सीमालाई विशेष कडाइ गर्न र पिसिआर परिक्षणको दरलाई उच्च बनाउन आग्रह गरिएको छ। 

त्यस्तै कुनै पनि अस्पतालमा कोरोना संक्रमण देखिए अस्पताल बन्द गरेर नभइ संक्रमित क्षेत्र सिल लगर्दै तत्काल निर्मलीकरण गरेर स्वास्थ्य सेवा गर्न आग्रह गरिएको छ । 

नेकपा अध्यक्ष पोख्रेलले आयोमेलसँग संक्षिप्त कुराकानी गर्दै कोरोना समुुदायमा आक्रमक रुपमा फैलिएको हुँदा सबै एकजुट हुन सन्देश दिन ५ दलको संयुक्त बैठक डाकिएको बताए। मानव सभ्यता जोगाउन सचेतनासहितको उच्च सतर्कता अपनाउन जोड दिनुुपर्ने बैठकको निचोड रहेको उनको भनाई छ । 

‘हामीले लकडाउनको विरोध गरेका होइनौँ, लकडाउनको विकल्पमा उच्च सतर्कतालाई विशेष ध्यान दिउँ भनेका हौँ’ पोख्रेलले भने ‘हामीले जनतामाभफ सचेतना पुुग्याउन सकेनछौँ। जागरणले मात्र नियन्त्रण कोरोना नियन्त्रण गर्ने देखिन्छ। लकडाउनले आतंक मात्र बढाउँछ।’ 


Leave a Reply

Your email address will not be published.