तुलसीपुर उपमहानगर बन्यो दाङको ‘उत्कृष्ट’ स्थानीय तह 

तुलसीपुर उपमहानगर बन्यो दाङको ‘उत्कृष्ट’ स्थानीय तह 

जिल्लाको उत्कृष्ट स्थानीय तहका रुपमा दाङको तुलसीपुर उपमहानगरपालिका सम्मानित भएको छ। जिल्ला समन्वय समिति दाङ्गले

कार्यसम्पादन राम्रो गरेको भन्दै दाङ्गका १० स्थानीय तहमध्ये उत्कृष्ट घोषणा गरेको हो। 

मुख्यमन्त्री शंकर पोखरेलले नगरप्रमुख घनश्याम पाण्डेलाई उत्कृष्ट उपमहानगरपालिकाको सम्मानले सम्मानित गरेका थिए। 

जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा सहभागी भएर उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत तुलसीपुरलाई यस्तो सम्मान गरिएको हो।  
जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका दोस्रो र घोराही उपमहानगरपालिका तेस्रो भएका थिए। 


Leave a Reply

Your email address will not be published.