सुनको भाउ एकैदिन ११ सयले बढ्यो, तोलाकाे कति?

सुनको भाउ एकैदिन ११ सयले बढ्यो, तोलाकाे कति?

नेपाली बजारमा सुनको भाउ एकै दिन १ हजार १ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको हो।  

बुधबार सुनको भाउ १ हजार ६ सयले बढेर १ लाख १ हजार ४ सय थियो।

नेपाली बजारमा गत सातामात्र सुनको भाउ साढे ३ हजार रुपैयाँले बढेको थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ १ लाख २ हजार रुपैयाँ पुगेको छ। बुधबार तेजाबी सुन १ लाख २ सय रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, चाँदीको भाउ पनि बढेको छ। बिहीबार चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।


Leave a Reply

Your email address will not be published.