प्रधानमन्त्री ओलीसँगै बैठकमा सहभागी थिए, काेराेना संक्रमित कानुनमन्त्री यादव

प्रधानमन्त्री ओलीसँगै बैठकमा सहभागी थिए, काेराेना संक्रमित कानुनमन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण भएको छ। आइतबार साँझ प्रादेशिक प्रयोशालाले दिएको रिपोर्टमा यादवलाई संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएपछि मन्त्री यादव आफ्नो निवासमा होम आइसाेलेसनमा छन्। संक्रमण पुष्टि भइसकेपछि मन्त्री यादव र उनका स्वकीय सचिव महेशराय यादवको फोन बन्द छ। पटकपटक प्रयास गरे पनि उनीसँग सम्पर्क हुनसकेको छैन। 

तर, संक्रमण पुष्टि हुनुअघि मन्त्री यादव १४ साउनमा काठमाडौं पुगेका थिए। 

प्रदेशका २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि मन्त्री यादव प्रधानमन्त्रीसँगको छलफल कार्यक्रममा काठमाडौं गएको पुष्टि गरेको छ। 

सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन उनी काठमाडौं पुगेका थिए। प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल गर्न सम्मेलनको आयोजना भएको थियो। 

सम्मेलन क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटघाट गरेका थिए। 

गृह मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेकाे सम्मेलनमा भाग लिन मन्त्री यादव त्यहाँ पुगेका थिए। सम्मेलनमा मन्त्री यादवले प्रधानमन्त्री ओलीका साथै सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूसँग भेटघाट गरेका थिए। 

काठमाडौंमै साउन १६ मा भएकाे प्रहरी समायोजनसम्बन्धी सम्मेलनमा सहभागी भई जनकपुर फर्किएका मन्त्री यादव १७ गते धनुषाको धनुषाधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। याे कार्यक्रममा नेपाल प्रहरी प्रमुख (आइजिपी) शैलेश थापा पनि सहभागी थिए।  

ठूलो संख्यामा सर्वसाधारण सहभागी पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले भाग लिएका थिए। पार्टी प्रवेश कार्यक्रमको दोस्रो दिन मन्त्री यादवले गराएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ। 

पार्टी प्रवेश कार्यक्रममा मञ्चमा बसेका सहभागीमध्ये कतिपयले सामान्य मास्कसमेत प्रयोग गरेका थिएनन्।

र, याे पनि 

प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई काेराेना संक्रमण


Leave a Reply

Your email address will not be published.