चाँगुनारायणमा स्कुटीको ठक्करबाट महिलाको मृत्यु

चाँगुनारायणमा स्कुटीको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरबाट चाँगुनारायण जाने सडकमा बिहीबार स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ। 

भक्तपुर नगरपालिका-१० भक्तपुरस्थित चाँगुनारायण सडक वन्टीमा भएको दुर्घटनामा परी पैदलयात्री भक्तपुर नगरपालिका-२ भोलाछें बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार ठक्कर दिने स्कुटी चालक चागुँनारायण नगरपालिका-६ छालिङका २२ वर्षे आशिष कार्कीलाई नियन्त्रणमा लिइएको छ।

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेका बेला प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटीले पैदलयात्री सुवाललाई ठक्कर दिएको थियो।

ठक्करलगत्तै उनलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएकोमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर रेफर गरिएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि बाँसबारीस्थित न्युरो अस्पताल रेफर गरिएकोमा उपचारकै क्रममा सुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 


Leave a Reply

Your email address will not be published.