सुशान्तसिंह ‘मृत्यु’ प्रकरण- छानबिनको जिम्मा सिबिआईलाई

सुशान्तसिंह ‘मृत्यु’ प्रकरण- छानबिनको जिम्मा सिबिआईलाई

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको छानबिन जिम्मा भारतीय उच्च अपराध अनुसन्धान निकाय सिबिआईलाई दिइएकाे छ।

सिंहको आत्महत्याले बलिउडमा एक किसिमको तिक्तता उत्पन्न गराएको थियो।

गत जुनमा ३४ वर्षीय राजपुत मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए। पुलिसले उनले आत्महत्या गरेको भनेको छ, जसले भारतीय सिनेमा उद्योगमा मानसिक स्वास्थ्यबारे बहस छेडेको छ।

राजपुत परिवारले सुशान्त मानसिक समस्याबाट ग्रसित रहेको भन्ने समाचारको खण्डन गर्दै उनकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले चोरी गरेको र उत्पीडनको आरोप लगाएको थियो। पछि रियाले उक्त आरोपविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

मुद्दामा रियाले ती आरोपहरूको कडा शब्दमा खण्डन गर्दै सर्वोच्च अदालतलाई राजपुतको गृहराज्य बिहारको स्थानीय पुलिसबाट मुद्दा हस्तान्तरण गर्न आग्रह गरेकी छन्।

सुनुवाइका क्रममा वरि‌ष्ठ सरकारी वकिल तुसार मेहताले उक्त केसको अन्वेषण भारतको शीर्ष संघीय अपराध अनुसन्धान निकायले गर्ने बताएपछि यो साता भारतीय सञ्चार माध्यममा त्यसले प्रमुखता पाएकोे छ।

पूर्वी बिहार राज्यमा जन्मेका राजपुतले इन्जिनियरिङको पढाइ छोडेर अभिनय र नृत्यलाई पेसा बनाएका थिए।

उनले सन् २०१३ मा काई पोचेबाट बलिउडमा सफल सुरुवात गरेका थिए। क्रिकेट, प्रेम, राजनीतिसम्बन्धी उक्त चलचित्रले बर्लिन फिल्म फेस्टिबलमा प्रशंसा बटुलेको थियो।

त्यस्तै २०१६ मा प्रदर्शित चलचित्र ‘एमएस धोनीः दी अनटोल्ड स्टोरी’ मा भारतीय क्रिकेट स्टार महेन्द्रसिंह धोनीको चित्रणका लागि उनको भव्य प्रशंसा गरिएको थियो।

डिप्रेसन र चिन्ता
सन् २०१६ मा एएफपीसँगको एक अन्तर्वार्तामा राजपुतले फिल्म छायांकनका क्रममा क्रिकेटरको प्रेमिकाको मृत्यु हुँदा धोनीले भोगेका हृदयविदारक दृश्यको चित्रण गर्दा आफूले अनुभव गरेको भावनात्मक उचारचढाव सुनाएका थिए।

‘हामीले तयारी सकेपछि मेरो दिमागमा उनी (धोनी) हुँ भन्ने भयो तर जे भयो त्यसले वास्तवमै मलाई असर गरिरहेको थियो,’ उनले भनेका थिए।

राजपुतका प्रबन्धकले आत्महत्या गरेको एक सातापछि नै भएको राजपुतको मृत्युले बलिउड उद्योगमा मानसिक स्वास्थ्यबारे बहस चर्चा चलाएको हो। 

दीपिका पादुकोण र अनुष्का शर्माजस्ता कलाकारले उदासीनता र चिन्ताका साथ आफ्नै लडाइँबारे बोल्दै महत्त्वपूर्ण सन्देश पठाएका थिए। यसले प्रशंसक र कलाकार साथीहरूबाट नयाँ कलाकारले बलिउडमा प्रवेश पाउन गर्नुपर्ने संघर्ष र कठिनाइ माथि रिस पोखेको छ भने केहीले उद्योगमा विद्यमान भित्री संस्कृतिमाथि आक्रमण गरे।

यद्यपि शाहरूख खान र प्रियंका चोपडा जोनासजस्ता बलिउडका शीर्षस्टारहरू फिल्मी परिवार बाहिरबाट आएका हुन्। यद्यपि यस उद्योगले सेलिब्रेटीहरूका सन्तानहरूलाई अग्रणी भूमिका प्रदान गरेको लामो इतिहास छ, जोसँग प्रायः अभिनयको अनुभव नै हुँदैन।

राजपुतको अन्तिम चलचित्र दिल बेचारा थियो, जुन हलिउड रोमान्स द फल्ट इन आवर स्टार्सको हिन्दी रिमेक हो।

– अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.