प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटारको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

खुमलटारको बाहिरी गेटमा खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

त्यसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ पुष्टि भएको हो । 

सुरक्षाकर्मीमा कोरोना देखिए पनि प्रचण्ड परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको जनाइएको छ। 
 


Leave a Reply

Your email address will not be published.