वैज्ञानिक वन अनुगमनमा जाँदा कोरोना संक्रमण 

वैज्ञानिक वन अनुगमनमा जाँदा कोरोना संक्रमण 

संसदका प्रवक्त्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले उनी आफ्नै निवासमा सेल्फ आइसोलेसन बसेका छन्। 

केही दिनअघि लेखा समितिका एकजना सदस्य प्रदीप यादवमा पनि संक्रमण पुष्टि भएको थियो। वीरगन्ज आउने जाने गरिरहेका यादवसँगै पाण्डे पनि वैज्ञानिक वन अनुमगनका लागि सँगै हिँडेका थिए। उनीहरूको टोलीमा सांसद प्रेम आले र मिना सुब्बा पनि थिए। आले र सुब्बामा संक्रमण देखिएको छैन। 

यादव संसदको वैज्ञानिक वन अनुगमन समितिका संयोजक हुन्। 

अनुमगनमा गएर फर्किएपछि पाण्डे पनि कार्यालय आएका छैनन्। अनुगमन टोली सिन्धुलीदेखि मकवानपुर, पर्सा हुँदै कपिलवस्तुसम्म वन अनुगमनका लागि पुगेका थिए। 
 


Leave a Reply

Your email address will not be published.