सर्वाेच्चले सरकारसँग ‘नयाँ गाडी किन्नुपर्ने कारणबारे’ जवाफ माग्यो

सर्वाेच्चले सरकारसँग ‘नयाँ गाडी किन्नुपर्ने कारणबारे’ जवाफ माग्यो

सर्वाेच्च अदालतले पुराना गाडी थन्काएर नयाँ किन्ने प्रवृत्ति रोक्न माग गर्दै परेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग जवाफ मागेको छ।

सर्वाेच्चका न्यायाधीश टंकप्रसाद मोक्तानको बिहीबारको एकल इजलासले सरकारसँग जवाफ माग्नुका साथै दुवै पक्षलाई राखेर छलफल गर्नुपर्ने ठहर गरेको हो।

सरकारले पुराना गाडी थन्काएर नयाँ किन्ने र यसले नागरिकमा करको बोझ थपिएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले साउन १८ गते रिट दायर गरेका थिए।

यसरी पूराना गाडी थन्काउँदा राज्यलाई आर्थिक भार पर्नुका साथै गाडी थन्काउँदा त्यसबाट वातावरणीय प्रदूषण हुने भन्दै रोक्न माग गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अन्तरिक आदेश माग गरिएकोमा सर्वाेच्चले सोधेको छ,‘ यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित जवाफ पेश गर्नु।’ छलफलको पेसी साउन २६ गते तोकिएको छ।


Leave a Reply

Your email address will not be published.