प्रदेश १ मा परीक्षण बढेसँगै एकै दिन ६६ संक्रमित थपिए

प्रदेश १ मा परीक्षण बढेसँगै एकै दिन ६६ संक्रमित थपिए

प्रदेश १ का विभिन्न पालिकामा समुुदाय तहमा पुगेको कोरोना संक्रमण नियन्त्रणका लागि परीक्षणको दर बढाइएको छ। योसँगै संक्रमित थपिन थालेका छन्। 

जस अनुसार बिहीबारमात्र प्रदेश १ का मोरङ, सनुसरी, झापा र इलाममा ६६ संक्रमित भेटिएका छन्। यी चार जिल्ला भारतसँग जोडिएका नाका हुन्। 

बिहीबार मोरङमा भेटिएका बेलवारीका दुई र रंगेलीका एक हुन् भने बाँकी सबै विराटनगरका हुन्। 

त्यस्तै सुनसरीका १९ मध्ये धरानका १४  र इटहरीका पाँच संक्रमित भेटिएका हुन्। 

इलाममा भने इलाम नगरपालिका क्षेत्र भित्रका १५ जनामा कोरोना संक्रमण फेला परेको छ। यता झापाको मेचीनगरमा ८ जना संक्रमित थपिएका छन्। 

प्रदेश १ मा आज मात्रै १८ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन्। 

डिस्चार्ज हुनेमा झापाका ९, मोरंगका ६, मोरंग, धनकुटा, सुनसरी र पाँचथरका १÷१ जना रहेका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताले जानकारी दिएका छन्। 

उनका अनुसार प्रदेश १ मा कोरोना परीक्षणको दरलाई तीव्रता दिइएको छ। आजमात्र प्रदेश १ का विभिन्न स्थानमा १ हजार ५४ जनाको पिसिआर परिक्षण गरिएका छ। परिक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।


Leave a Reply

Your email address will not be published.