छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, चितवन र रौतहटमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१० स्थित चाँगुनारायण सडकमा बुधबार दिउँसो प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको छ। 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी सुवालको भक्तपुर अस्पतालमा प्राथमिक उपचार पछि ट्रमा सेन्टर हुँदै न्युरो अस्पताल बाँसबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालक भक्तपुर चागुँनारायण नगरपालिका-६ छालिङका २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

चितवन, भरतपुर महानगरपालिका-२५ अमृत चोकमा बुधबार दिउँसो ना४ख ७३६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ६५ वर्षीय लक्ष्मण महतोको घटनास्थलमै मृत्यु भएको छ। ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।   

रौतहट, परोहा नगरपालिका-६ भेडियाहीस्थित सडकमा बिआर०५भी-८५९५ नम्बरको भारतीय मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका बसनपट्टी बस्ने ४० वर्षीया सोभिताकुमारी पटेलको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी पटेलको स्थानीय मेडिकल कोप्वामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published.