प्रदेश २ मा थप ६३ जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ६३ जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्ला गरी पछिल्लो २४ घण्टामा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो। ६३ जना थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार धनुषामा प्रादेशिक अस्पताल जनकपुरका ४, कर्मचारी सञ्चय कोष कार्यालयका एकजना, आन्तरिक मामिला मन्त्रालयका एक र सहिदनगर नगरपालिका क्वारेन्टाइनका ३ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी महोत्तरीमा बर्दिवास नगरपालिकास्थित क्वारेन्टाइन, महोत्तरी घर भइ नारायणी अस्पताल वीरगंजमा कार्यरत १÷१ जना गरी दुई जनामा संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगंज महानगरपालिकाका २३, पकहा मैनपर गाउँपालिका, पोखरिया नगरपालिका, वीरगंज कारागार, भारतीय महावाणिज्य दूतावासका १/१, चण्डी प्रसाद गण र श्रीपुर आर्मी ब्यारेकका ५/५, तथा नारायणी अस्पताल (क्वार्टर) का २ जनामा संक्रमण पुष्टि भएको छ।

बाराको देवतल गाउँपालिका र प्रसौनी गाउँपालिकाका १/१ , रौतहटको मौलापुर नगरपालिकामा १ र सप्तरीको रुपनी गाउँपालिकामा पनि एकजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी सिरहाको नरहा घरभइ हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका १ र सर्लाहीको रामनगर गाउँपालिका घर भइ प्रादेशिक अस्पतालमा रहेका १ जना तथा ईश्वरपुर नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणका कारण प्रदेश २ मा अहिलेसम्म २१ जनाको ज्यान गएको छ। धनुषा, महोत्तरी र सप्तरीका १/१, रौतहट र बाराका २/२ तथा पर्साका १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले बताएको छ। विहिबार २२ पुरुष र १ महिलासहित २३ जना संक्रमित निको भएर घर फर्र्किएको बताइएको छ।


Leave a Reply

Your email address will not be published.