मुख्यमन्त्रीले समय नदिएपछि प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्रीले समय नदिएपछि प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशमा आज बस्ने भनिएको प्रदेशसभा बैठक मुख्यमन्त्रीका कारण स्थिगित भएको छ। 

मुख्यमन्त्री त्रिलोचन भट्टले अन्तिम समयमा सम्बोधनका लागि समय दिन नसकेपछि बिहिबारका लागि निर्धारण गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। 

प्रदेश सभामा उठेका बिभिन्न प्रश्न र प्रदेशको प्राकृतिक बिपदबारे प्रदेश सभामा सम्बोधन गर्न मुख्यमन्त्रीले समय माग गरे अनुरुप समय ब्यवस्थापन गरिए पनि अन्तिम अवस्थामा मुख्यमन्त्रीले समय दिन नसक्ने भन्दै प्रदेश सभा सचिवालयलाई जानकारी गराएपछि बिहिबारका लागि निर्धारित बैठक स्थगित गरिएको छ। 

शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने गरी राखिएको बैठक २ बजेटर १५ मिनेटमा स्थगित गरिएको हो। मुख्यमन्त्री आफैले समय मागेकोले सम्बोधन गर्ने ब्यवस्था मिलाइएकोमा अन्तिममा आएर सम्बोधन नगर्ने जानकारी आएपछि सभामुख अर्जुन थापाले शुक्रबारको बैठक स्थगित गर्दै आइतबार दिउँसो ३ बजेका लागि सारेका छन्। 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रालयबाट जानकारी लिई सदनमा बोल्ने तयारी गरेका मुख्यमन्त्रीले केही बिभागीय मन्त्रीहरू प्रदेश बाहिर रहेकोले जानकारी आउन नसकेपछि सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका हुन्। मुख्यमन्त्रीले सम्बोधन नगर्ने भएपछि बिहिबारका लागि कार्यसूचीमा राखिएका अन्य बिषयबस्तुमाथि पनि छलफल नगरी बैठक नै स्थगित गरिएको हो। 

बिहीबारका लागि प्रदेश सभामा दर्ता भएका तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम तय गरिएको थियो। बिहिबारका लागि तोकिएका सबै बिषय आइतबारको बैठकका लागि सारिएको प्रदेश सभाका सचिव रामसिंह धामीले जानकारी दिएका छन्।

प्रतिपक्षी दलको नारवाजीकाबिच प्रदेश सरकारको बजेट पारित गरेपछि स्थगित भएको प्रदेश सभाको बैठक २७ दिनपछि साउन २० गते बसेको थियो।


Leave a Reply

Your email address will not be published.