सुर्खेतमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

सुर्खेतमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कार्यालयमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवामा रोक लगाएको छ।

आइतबारबाट लागू हुनेगरी सरकारी कार्यालयमा नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरणलगायत अन्य सिफारिसको काम बन्द गरिएको हो।

बिहीबार विज्ञप्ति जारी गर्दै सुर्खेत प्रशासन कार्यालयले अर्को निर्णय नहुँदासम्म साउन २५ देखि अत्यावश्यकबाहेकका सेवा सेवा बन्द गरेको जनाएको छ।

सरकारी सेवा प्रवाह गर्ने कार्यालयमा अत्यधिक रूपमा सेवाग्राहीको भीड बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम उच्च देखिएकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो।

यसका साथै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको साउन २० गते बसेको बैठकले मानिसहरू जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सवमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जनाए। 

कर्णालीमा ३६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा कर्णालीमा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । 
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई–दुई जनामा कोरोना देखिएको हो। 

संक्रमित हुनेमा दैलख, सुर्खेत, जुम्ला र मुगुका एक–एक जना छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १ हजार ९ सय ६० पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

यसका साथै पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या १ हजार ८ सय ८ पुगेको छ। 

कुल संक्रमण पुष्टि भएकामध्ये हालसम्म ६ जनाको मृत्यु भएको छ भने प्रदेशमा एक सय ४६ जना सक्रिय बिरामी रहेका छन\। 


Leave a Reply

Your email address will not be published.