उद्योग वाणिज्य महासंघ साधारणसभाको मिति तय गर्न समिति गठन
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय गर्नका लागिस राय, सुझाव दिन एक समिति गठन गरिएको छ ।
बुधबार सम्पन्न महासंघको कार्यसमिति बैठकले कोरोनाका कारण पटक-पटक स्थगित महासंघको साधारणसभा र चुनावको मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन गरेको हो।
जिल्लानगर समिति सदस्य डिबी बस्नेतको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन भएको हो। समितिमा जिल्ला नगरका २ जना, वस्तुगतका २ जना र एसोसिएटका २ जना सदस्य रहेका छन्।
समितिमा बस्नेतसँगै रञ्जित आचार्य, अरुण सुमार्गी, भरत आचार्य, बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ रहेका छन्। समितिले १५ दिनभित्र साधारणसभा र चुनावको मोडालिटी तयार पार्ने बताइएको छ। स
बैठकले साउन २६ र २७ का लागि तय भएको साधारणसभा स्थगित गर्ने पदाधिकारी बैठकको निर्णयसमेत अनुमोदन गरेको छ।