आज कहाँ कहाँ वर्षा हुँदैछ

आज कहाँ कहाँ वर्षा हुँदैछ

अहिले प्रदेश एक, प्रदेश दुई,गण्डकी प्रदेश प्रदेश ५, र सुदुरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
यसबाहेक देशभर मध्यम खालको वर्षा हुने आंकलन गरिएको छ। 

त्यस्तै बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने विभागले बताएको छ।

वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तो छ अगामी तीन दिनको मौसम

शुक्रबार
दिउँसो: देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। 

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

राति: देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 
 
आइतबार

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

राति:  देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरु र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
 
 


Leave a Reply

Your email address will not be published.