डा. फाउसीलाई ज्यान मार्ने धम्की!

डा. फाउसीलाई ज्यान मार्ने धम्की!

अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। 

केही दिनअघि मात्रै उनले एउटा अन्र्तवार्तामा अमेरिकामा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरेका कामहरुबारे बताएका थिए। 
डा. फाउसी ट्रम्प सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गठन गरेको टास्क फोर्सका सदस्य पनि हुन्। 
अमेरिकी सरकारका स्वास्थ्यविज्ञ पनि हुन्। कोरोना भाइरसम्बन्धि राष्ट्रपति ट्रम्पका कुराहरुलाई सिधै नकार्नसक्ने व्यक्ति अहिले उनीमात्रै हुन्।

‘मलाई र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ। मेरी छोरीलाई धेरै सताइएको छ। र, मैले मेरो लागि सुरक्षाकर्मी राख्नुपरेको छ’ उनले सिएनएनसँग भनेका छन् ‘यो आफैमा अचम्म लाग्दो कुरा छ।’

उनले आफूले एकदमै जनस्वास्थ्यसँग जोडिएका सवालहरुमा मात्रै आफूले कुरा राखेको भन्दै त्यसको शिकार आफ्ना परिवारलाई बनाइएको बताएका छन्। 

‘मैले सपनामा पनि सोचेका थिइनँ कि, कसैले मेरो कुरामा मलाई ज्यानै मार्ने दिन्छ भन्ने’ उनले भनेका छन् ‘मैले त एकदमै जनस्वास्थ्यसँग जोडिएका विषयमा मात्रै बोलेको हुँ। यही कुराले मेरो परिवारलाई पनि दुःख दिइएको छ।’ 

यस्तो धम्की कसले दिइरहेको छ भन्ने उनले खुलाएका छैनन्।


Leave a Reply

Your email address will not be published.