हात्ती आक्रमणमा एकजनाको मृत्यु
हात्तीले आक्रमण गर्दा शुक्रबार बिहान झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका- ५ टुक्रेका ५८ वर्षीय रोहित रेग्मी छन्।
पाडाजुगी स्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्दै आएका रेग्मीलाई बिहान ३ बजेतिर हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
राति आएका दुईवटा हात्तीले लखेटेर रेग्मीलाई मारेको कमव ५ का वडाध्यक्ष डम्बर निरौलाले बताए।
आफू बस्दै गरेको छाप्रो हात्तीले भत्काउन थलेपछि रेग्मी ज्यान बचाउन भागेका थिए।
रेग्मीको शव घरदेखि ५० मिटरपर भेटिएको छ। रेग्मीको १० जनाको परिवार भए पनि छाप्रोमा २ जना बाबु छोरा मात्रै बस्दै आएका थिए। उनका छोरा सकुशल रहेका।
परिवारका अन्य सदस्य अन्यत्रै बस्दै आएका छन्।