विपी प्रतिष्ठानमा डायलासिस गराउन आएका संक्रमितको मृत्यु

विपी प्रतिष्ठानमा डायलासिस गराउन आएका संक्रमितको मृत्यु

धरानस्थित विपी प्रतिष्ठानका डायलाइसिस सेवा लिन आएका गोलबजार–१२ सिराहाका २५ वर्षीय युवाको मृत्यु भएको छ। 

उनलाई जनकपुर अस्पतालबाट हिजो थप दुई मिर्गाैला पीडितसहित धरानको विपी प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कोरोना संक्रमणले सिकिस्त उनको डायलाइसिस गर्दागर्दै ज्यान गएको हो। 

विपी प्रतिष्ठानमा कोरोना पोजेटिभका लागि छुुट्टै सेवा सञ्चालन गरिएको छ। सापकोटाका अनुसार मृतक २ वर्षदेखि डायलासिस गराउँदै आएका थिए। उनलाई हप्तामा २ देखि ३ पटकसम्म डायलाइसिस सेवा दिनुपर्छ।

सोहीक्रममा नियमित डायलाइसिस गराउन जनकपुर अस्पताल पुगेका उनलाई कोरोना पोजेटिभ देखिएको थियो। 

जनकपुरमा संक्रमितलाई अलग्गै डायलासिस सेवा नभएपछि धरान रेफर गरिएको थियो। 

डायलासिस गराउन आएका अरु दुई व्यक्तिको भने सफल भएको र हाल उनीहरू घर फर्किइसकेको सापकोटाले जानकारी दिए। 
 


Leave a Reply

Your email address will not be published.