बिहीबार १३ सय नेपाली स्वदेश फिर्ता

बिहीबार १३ सय नेपाली स्वदेश फिर्ता

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अलपत्र परेका नेपालीहरू स्वदेश फर्काउने क्रममा बिहीबार १ हजार ३ सयजना काठमाडौं आइपुगेका छन्। 

साउदी अरेबिया, कतार, युएई, मलेसिया तथा टर्कीबाट विभिन्न उडानमार्फत उनीहरू काठमाडौं आइपुगेका हुन्। 

उद्धारमा संलग्न कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का अनुसार युएईबाट १ सय ६४ नेपाली आएका छन्। टर्कीबाट ७६ जना आएका छन्। 
साउदी अरबबाट सबैभन्दा बढी ७ सय २५ जना आएका छन्। मलेसियाबाट १ सय ७८ र कतारबाट १ सय ५७ जना आएका छन्। 

उनीहरूलाई नेपाली सेनाले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा लगिएको छ। त्यहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणको काम सम्पन्न भएपछि प्रदेशहरूको समन्वयमा क्वारेन्टाइन पठाउने तयारी भइरहेको सिसिएमसीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.