टिकटक बन्द गर्ने आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने- अमेरिकालाई सुरक्षा खतरा थियो

टिकटक बन्द गर्ने आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने- अमेरिकालाई सुरक्षा खतरा थियो

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल एप र वीच्याटमाथि प्रतिवन्ध लगाउनेगरी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। 

उनले हस्ताक्षर गरिसकेपछि अब ४५ दिनपछि यो आदेश कार्यान्वयनमा आउनेछ। राष्ट्रिय सुरक्षा हितका लागि उनले यस्तो आदेश जारी गरेको दाबी गरेका छन्। 

टिकटक बनाउन चिनियाँ कम्पनी वाइटडान्समाथि पनि अमेरिकामा पूर्णरुपमा प्रतिवन्ध हुनेछ। 

अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा हुने टिकटकको कारोबार किन्न चाहेको थियो तर वाइटडान्सले माइक्रोसफ्टको त्यो प्रस्ताव मानेको थिएन। 

‘सूचना तथा सञ्चार उपकरणको आयात राष्ट्रिय आपतकालको सामना गरिरहेका कारण यस्तो अतिरिक्त्त कदम उठाउन जरुरी भएको हो’ आदेशमा भनिएको छ ‘अमेरिकामा चिनियाँ कम्पनीका मोबाइल एप फैलिइरहँदा अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति तथा अर्थव्यवस्थामा खतरा भइरहेको छ।’ 

ट्रम्पले दुबै एपलाई अमेरिकाका लागि खतरा भनेका छन्। आदेशमा उनले दुबै चिनियाँ कम्पनीसँग अमेरिकी लगानीको कुनै पनि लेनदेनमा रोक लगाइदिएका छन्। 

२०१७मा लन्च भएको टिकटक बाइटडान्स कम्पनीले बनाएको हो। त्यसपछि त्यसैको अर्को भर्सन म्यूजिकली नामको एउटा भिडियो सेवा पनि उसले खरिद गर्‌यो जो अमेरिका तथा युरोपेली युवामाझ निकै चर्चित रह्यो। 

विश्वभरि टिकटकका करिब ५० करोड प्रयोगकर्ता छन्। तीमध्य करिब आठ करोड अमेरिकामै छन्। टिकटकको एउटा ठूलो हिस्सा २० वर्ष उमेर समूहसम्मका छन्।

यसअघि भारतले पनि टिकटकलगायत ५९ भन्दा बढी चिनियाँ मोबाइल एपहरुमाथि प्रतिबन्ध लगाएको थियो। 


Leave a Reply

Your email address will not be published.