विराटनगरमा ज्वरो आएका एकको मृत्यु, काेराेना आशंका
विराटनगरमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिकाे मृत्यु भएको छ। विराटनगर-९ गुद्रीका ५८ वर्षीय व्यक्तिको कोसी अञ्चल अस्पतालमा मृत्यु भएको हो।
एक हप्तादेखि ज्वरो, खोकी र श्वास फेर्न समस्या भएपछि शुक्रबार बिहान उनलाई अस्पताल पुर्याइएको थियो। उनको अस्पताल ल्याइपुर्याउँदा मृत्यु भएको कोसीका आइसोलेसन इञ्चार्ज डा. लक्ष्मीनारायण यादवले बताए।
मृत्यु भएका व्यक्तिको स्वाब संकलन गरी प्रयोगशालमा पठाएको थियो। लक्षण मिलेपछि स्वाब संकलन गरी परीक्षण गर्न पठाए पनि रिपोर्ट आइसकेको छैन।