राजापाक्षेलाई सानदार बहुमत

राजापाक्षेलाई सानदार बहुमत

श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले देशको संसदीय चुनावमा ठूलो जित मिलेको घोषणा गरेका छन्।

गत नोभेम्बरदेखि कामचलाउको भूमिका निर्वाह गर्दै आएका उनका दाजु महिन्दा राजापाक्षे प्रधानमन्त्रीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। 

उनको पार्टी श्रीलंका पिपुल्स फ्रन्टले दुईतिहाइ बहुमत प्राप्त गरेको छ । जसले गर्दा आफ्ना प्रतिबद्धता लागि संवैधानिक परिवर्तन सजिलो हुनेछ ।

पिपुल्स फ्रन्टले २२५ मध्ये १४५ सिट जितेको छ भने सहयोगी पार्टीले पाँचभन्दा बढी सिट ओगटेका छन्। महिन्दा राजापाक्षेले ट्वीट गर्दै दक्षिण एसियाली छिमेकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनबाट आफूलाई बधाई दिएको जनाएका थिए। 

विवादास्पद राजापाक्षे परिवारले दुई दशकदेखि श्रीलंकाको राजनीतिमा प्रभुत्व जमाएको छ। महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति भएका थिए। चुनावमा पूर्व प्रधानमन्त्री रनिल विक्रमसिंघेको विपक्षी दलले नराम्रो हार बेहोरेको छ।

अघिल्लो संसदमा १०६ सिट ओटेको उनका पार्टी यसपालि मात्र एक सिटमा सीमित भएको छ। सन् १९९६ मा मारिएका पूर्व राष्ट्रपति रणसिंगे प्रेमादासाका छोराले स्थापना गरेको नयाँ पार्टी प्रमुख विपक्षी दलको रूपमा अगाडि आएको छ। 

श्रीलंका कोरोना भाइरसको महामारीका बावजुद चुनाव सम्पन्न गर्ने थोरै राष्ट्रमध्ये एक हो। भाइरसका कारण यसअघि दुईपल्ट मतदान स्थगित भएको थियो।

मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युको तुलनात्मक रूपमा थोरै संख्या कुल २ हजार ८ सय ३९ संक्रमित र ११ जनाको मृत्यु पुष्टि भएको छ। 
(बिबिसीबाट अनुवादित सामग्री)
 


Leave a Reply

Your email address will not be published.