कुलोमा डुबेर दुई बालकको मृत्यु
कुलोमा डुबरे दाङमा दुई बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका– १६ तेरौट निवासी राजु चौधरीका ७ बर्षीय छोरा आयुश चौधरी र सोही ठाउँ निवासी दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
शुक्रबार बिहान करिव साढे ९ बजेतिर सिचाईका लागि बनाइएको गौरीकुलामा खेल्ने क्रममा कुलोमा डुबेर बालकहरु अचेत अवस्थामा फेला परेका थिए।
उनीहरुको उद्धार गरि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बालकहरुको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताएका छन्।