किशाेर फुटबलरलाई काेराेना संक्रमण पुष्टि
पूर्वीनाका मेचीनगर -१० को महानन्द टोल क्षेत्रमा कोरोना भाइरसकाे संक्रमित देखिएका छन्। बाहिर कतै नगएका उक्त टाेलका १५ वर्षीय युवामा कोरोना संक्रमण देखिएपछि समुदायमा त्रास बढेको छ।
धुलाबारीस्थित टाउन हलमा साउन १८ गते समुदायको स्वाब संकलन गरिएको थियो। उक्त दिन धुलाबारी क्षेत्रका ८४ जनाको स्वाबको नमूना संकलन गरिएको हो।
८४ जनामध्ये ती युवामा संक्रमण पुष्टि भएको हो। ती युवा फुटबल खेलाडी रहेको जनाइएको छ।
धरानस्थित विपी कोइराला विज्ञान प्रष्तिठानमा गरिएको परीक्षणमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो।
समुदायमा कोरोना फैलिएपछि अबको रणनीति तयार गर्न नगरपालिकामा बैठक बस्ने तयारी भइरहेको नगरप्रमुख विमल आचार्यले बताए।
यसअघि झापाको सुरुङ्गा, राजगढ, बिर्तामोड नगरपालिका-४ र अर्जुनधारा नगरपालिकाको सिस्ने क्षेत्रमा समुदायमा कोरोना संक्रमण देखिएलो छ। ती क्षेत्रमा अहिले निषेधाज्ञा जारी छ।