राष्ट्रिय सभाका समितिहरुमा चारैजना सभापति निर्विरोध

राष्ट्रिय सभाका समितिहरुमा चारैजना सभापति निर्विरोध

राष्ट्रिय सभा अन्तर्गतका विभिन्न चार समितिहरुमा सभापति चुनिएका छन्। 

राष्ट्रियसभाले जनाएअनुसार शुक्रबार भएको सभापतिको निर्वाचनमा सबै जना निर्विरोध निर्वाचित भएका हुन्। 

निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित

व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका हुन्। 


Leave a Reply

Your email address will not be published.