‘खोपको राष्ट्रियता’ले कोरोना पराजित गर्न सक्दैनः डब्लुएचओ

‘खोपको राष्ट्रियता’ले कोरोना पराजित गर्न सक्दैनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको सुरक्षाका लागि बनाइएका नयाँ कुनै पनि खोप विश्वव्यापी रूपमा बाँडफाँट गर्दा धनी राष्ट्रको हितमा मात्रै हुने जनाएको छ।

‘खोप राष्ट्रियता राम्रो हैन, यसले हामीलाई सहयोग गर्दैन,’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले संयुक्त राज्य अमेरिकामा सञ्चालित एस्पन सुरक्षा फोरममा जेनेभास्थित डब्लुएचओको मुख्यालयबाट भिडियो लिंकमार्फत भने।

‘विश्वले छिटो स्वास्थ्यलाभ गर्न सबैको स्वास्थ्य सँगसँगै सुधार गर्नुपर्दछ, किनकि आजको बढ्दो विश्वव्यापीकरणका कारण अर्थव्यवस्था एक आपसमा गाँसिएका छन्। संसारका केही भाग वा केही देशमात्र सुरक्षित रहन सक्दैनन्।’

यस श्वासप्रश्वाससम्बन्धी घातक भाइरसले संसारको हरेक स्थानको जनजीवनलाई जोखिममा पारेको उनले बताए।

‘कोभिड-१९ बाट हुने नोक्सानी तबमात्र कम पार्न सकिन्छ जब ती देश जोसँग पैसा छ यसप्रति प्रतिबद्ध हुन्छन्।’

अडानोमका अनुसार ती राष्ट्रले अरूलाई दान दिइरहेका छैनन्, तिनले आफ्नै लागि मात्र गरिरहेका छन्, किनभने जब संसारका बाँकी भाग तंग्रिएर खुल्नेछ, त्यसले अरूलाई पनि फाइदा पुर्याउँछ।

डब्लुएचओले कोभिड–१९ विरुद्धको लडाइँमा धेरै प्रकारका खोप आवश्यक पर्ने पनि बताएको छ।

दुई दर्जन बढी प्रयोगात्मक खोपहरू मानव परीक्षणको विभिन्न चरणमा छन्। त्यसमध्ये छवटा तेस्रो चरणअन्तर्गत व्यापक स्तरको प्रयोगमा पुगेको छ।

‘तेस्रो चरणको अर्थ हामी उपचार नजिक छौं भन्ने हैन,’ डब्लुएचओका आपतकालीन निर्देशक माइकल रायनले भने।

तेस्रो चरण भन्नाले यो खोप पहिलो पटक स्वस्थ, सामान्य व्यक्तिमा प्रयोग गरी यसले तिनीहरूलाई प्राकृतिक संक्रमणविरुद्ध सुरक्षित राख्न सक्छ वा सक्दैन हेर्न खोजिएको हो।

‘हामीले विभिन्न देशका प्लेटफर्ममा विभिन्न प्रकारका उत्पादनहरूको राम्रो दायरा पाएका छौं,’ उनले रोग प्रतिरोधी क्षमताका लागि विभिन्न विधिहरू प्रयोग गरी बनाइएका अग्रस्थानका प्रयोगात्मक खोपबारे प्रस्ट्याए।

यद्यपि ती ६ मध्ये कुनै पनि खोपले चाहेजस्तो परिणाम दिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको र त्यो काम गर्न सम्भवतः एकभन्दा बढी खोप आवश्यक पर्नसक्ने रायनले बताए ।

(एजेन्सीबाट अनुवादित सामग्री)


Leave a Reply

Your email address will not be published.