उपत्यकामा उपचाररत दुई कोरोना संक्रमितकाे मृत्यु

उपत्यकामा उपचाररत दुई कोरोना संक्रमितकाे मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ। 

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ४५ वर्षकी महिला र ४१ वर्षका पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो।
मृत्यु भएका दुवै जना साउन १९ गते अस्पताल भर्ना भएका थिए।

डा. शर्माले महिला सुनौलीकी घर भएकी र उनमा पाठेघरकाे क्यान्सरको समस्या रहेको बताए । पुरुष भने कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए। उनमा कोरोनाको परीक्षण गर्दा पोजेटिभ पुष्टि भएकाे हाे।

यसअघि बिहीबार राति पाटन अस्पतालमै कोरोना संक्रमित वीरगन्जका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती व्यक्ति साउन १७ गते

स्टार अस्पतालबाट रेफर भएर पाटन अस्पताल आएका थिए। मृत्यु भएका पुरुषमा मधुमेह र उच्च रक्तचापका बिरामी भएको डा. शर्माले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.