एक हजार घुस दिन खोज्ने माइक्रोबस चालक पक्राउ

एक हजार घुस दिन खोज्ने माइक्रोबस चालक पक्राउ

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

बा.३ ख ३१०१ नम्बरको माइक्रो बसका चालक नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ३३ वर्षीय अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

धादिङबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रो बस प्रहरीले जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको पाइएको र चालक महर्जनले नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।


Leave a Reply

Your email address will not be published.