निषेधाज्ञा उल्लंघन गर्ने २ सयबढीलाई कारबाही

निषेधाज्ञा उल्लंघन गर्ने २ सयबढीलाई कारबाही

बाँकेमा शुक्रबार बिहानै निषेधाज्ञा पालना नगर्ने करिब २ सयजनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। 
कोरोना संक्रमित संख्या बढेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्लामा जारी गरेको निषेधाज्ञा कार्यान्वयन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना आफैं फिल्डमै खटेर यसरी अवज्ञा गर्नेलाई कारबाही थालिएको हो।

‘शुक्रबार बिहानैदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगन्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ भने केहीलाई क्वारेन्टाइन पठाइएको छ,’ प्रहरी प्रमुख रानाले भने ।

उनले अत्यावश्यक बाहेकका सेवा र पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उल्लंघन ऐनअन्तर्गत एक सय रुपैयाँ जरिवाना लिएर छाडिएको बताए ।
 


Leave a Reply

Your email address will not be published.