साता दिनमै बाँकेमा भेटिए सयबढी कोरोना संक्रमित

साता दिनमै बाँकेमा भेटिए सयबढी कोरोना संक्रमित

बाँकेमा तीन साताअघिसम्म १२ जनाको संख्यामा रहेको कोरोना संक्रमितको संख्यामा वृद्धि भएर १ सय २ मा पुगेको छ।

स्वास्थ्य कार्यालय बाँकेले असार ३१ गते जारी गरेको कोरोना चार्टका अनुसार १२ जना संक्रमित रहेकामा साउन २३ गतेसम्म आइपुग्दा बढेर १ सय २ जना पुगेको हो।

अहिले बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ५ सय नाघ्दा कोरोना संक्रमणलाई जितेर घर फर्कने करिब ४ सय छन् भने दुई जनाको मृत्यु भएको छ। 

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारीअनुसार बाँकेका ४ सय ९८ जना र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत ४ जनासहित संक्रमित हुनेको संख्या ५ सय २ पुगेको छ।

विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 
संक्रमितको संख्या अप्रत्याशित रूपले वृद्धि हुन थालेपछि बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।


Leave a Reply

Your email address will not be published.