युवा अनशन बस्नुपर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद: कांग्रेस 

युवा अनशन बस्नुपर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद: कांग्रेस 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरत युवाहरूसँग संवाद गरी समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अनसनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न माग गरेको हो। 

‘विभिन्न माग राखेर राजधानीमै युवा आमरण अनशनमा बसेका छन्। त्यहीँ माग अघि सारेका छन् जो विगतदेखि दल र सञ्चार माध्यमले उठाउँदै आएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्। तर अनशनमा बसेको २० दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ।’ 

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनसनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना रहेको कांग्रेसले ठहर गरेको छ। 

जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको कांग्रेसको आरोप छ।


Leave a Reply

Your email address will not be published.