कर्णालीमा कोरोना जित्नेको संख्या १,८६३ पुग्यो
पछिल्लो २४ घण्टामा कर्णालीका ५५ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ६३ जना पुगेका छन्।
पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कालिकोटमा चार र रामेछापका एकजनामा कोरोना देखिएको हो।
सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य अधिकृत करुणा भट्टराईका अनुसार योसँगै कुल संक्रमितको संख्या १ हजार ९ सय ६५ पुगेको छ।
हालसम्म कुल संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भएको छ भने ९६ जना संक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ।
हाल सुर्खेतका विभिन्न आइसोलेसन सेन्टरमा २५ जना, दैलेखमा २९ जना, जाजरकोटमा सात जना, सल्यानमा आठ जना, रुकुम पश्चिमका दुई जना, कालिकोटका पाँच जना र मुगुका एक जना गरी ७७ जना छन्।