विषयुक्त औषधी जथाभावी नबेच्न तुलसीपुर नगरकाे निर्देशन

विषयुक्त औषधी जथाभावी नबेच्न तुलसीपुर नगरकाे निर्देशन

तुलसीपुर उपमहानगरपालिकाले विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि एग्रोभेट पसलहरूलाई उद्देश्य पहिचान गरेर मात्रै औषधी बेच्न निर्देशन दिएको छ।

एग्रोभेट सेन्टरबाट विषयुक्त औषधी जथाभावी बिक्री हुने गरेको गुनासो आएपछि तत्काल रोक्न विभिन्न सेन्टरलाई अनुरोध गरिएको हो। 
विषादीयुक्त औषधी सहजै बजारमा पाइने भएकाले पनि आत्महत्या गर्नेको संख्या बढेको छ। 

नगरप्रमुख घनश्याम पाण्डेले विषादीयुक्त औषधी बिक्री वितरणको तथ्यांकसमेत सप्ताहव्यापी रूपमा नगरपालिकामा पेस गर्न समेत निर्देशन दिएका छन्। बजार क्षेत्रका सबै पसलबारेमा जानकारी लिन नगरप्रमुख पाण्डेले कृषि विकास शाखालाई निर्देशन दिएका छन्।

‘औषधीको प्रयोजन र बिक्रीका बारेमा सबै पसलले अनिवार्य जानकारी दिनुपर्नेछ,’ नगरप्रमुख पाण्डेले भने।

यस क्षेत्रमा पछिल्लो पटक औषधी सेवन गरेर आत्महत्या गर्नेका संख्या उल्लेख्य रूपमा बढेर गएको छ। 
 


Leave a Reply

Your email address will not be published.