समकक्षीलाई काेराेना संक्रमण भएपछि प्रदेश ५ का कानुनमन्त्री होम आइसोलेसनमा

समकक्षीलाई काेराेना संक्रमण भएपछि प्रदेश ५ का कानुनमन्त्री होम आइसोलेसनमा

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी होम आइसोलेसनमा बसेका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन्।

केहीदिन पहिले काठमाडौंमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धि छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी थिए।

मन्त्री केसी बिहीबार प्रदेश ५ को मन्त्रीपरिषदको बैठकमा समेत सहभागी भएका थिए। उनी मन्त्री परिषद् बैठकमा सहभागी भएको खबर बाहिरिएपछि प्रदेश ५ का मन्त्रीसहित सरकारी अधिकारी समेत उनको स्वाबकाे रिर्पोटको प्रतिक्षामा रहेका छन्।

मन्त्री केसी होम आइसोलेसनमा बसेको प्रदेश ५ का एक मन्त्रीले जानकारी दिए। केसीको पिसिआर परीक्षणका लागि शुक्रबार दिउँसो स्वाब लिइएको छ। उनकाे रिपाेर्ट शनिबारसम्म आउने जनाइएकाे छ।


Leave a Reply

Your email address will not be published.