सरकारीसरह पारिश्रमिक माग गर्दै सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा
काठमाडौंको मिनभवनमा रहेको निजामति कर्मचारी (सिभिल) अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
सरकारी कर्मचारीसरह पारिश्रमिक र सेवासुविधाको माग राख्दै उनीहरूले शक्रबार अस्पतालको गेट अगाडि तुल,ब्यानर राखेर आन्दोलनको घोषणा गरेका हुन्।
उनीहरूले गत बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीलाई भेटी अस्पतालले न्यूनतम सेवासुवधिा नदिएको भन्दै गुनासो पोखेका थिए।
अस्पतालका कर्मचारीलाई सरकारी कर्मचारी सरह तलब, ग्रेड तथा स्वास्थ्य बिमा सुविधाको व्यवस्था गरिनुपर्ने, बढुवा नियमावलीलाई संशोधन गरिनुपर्ने, करारका कर्मचारीलाई एक पटकका लागि आन्तरिक स्थायीका लागि मौका परीक्षामा सामेल गराउनु पर्ने माग रहेको अस्पतालका कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए।
संघले गत वर्ष व्यवस्थापनसँग विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।