प्रधानमन्त्री ओलीसहित सातजनाको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीसहित सातजनाको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सातजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिनहुँ भेटघाट गर्नुपर्ने अरू ६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको हाे।

प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको शुक्रबार बिहान ८ बजे स्वाब संकलन गरिएको थियो।

सबैको रिपोर्ट नेगेभिट आएको थापाले बताए।

प्रदेश-२ का आन्तरिक मामला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण देखिएपछि प्रमको पनि स्वाब संकलन गरिएको थियो।

यादव राजधानीमा भएको कार्यक्रममा सहभागी हुन आएका थिए। उक्त कार्यक्रममा प्रम ओली पनि सहभागी थिए। 


Leave a Reply

Your email address will not be published.