१ सय ९१ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त, पाइलटसहित १४ को मृत्यु

१ सय ९१ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त, पाइलटसहित १४ को मृत्यु

१ सय ९१ यात्रु बोकेर युएईको दुबईबाट आएको एयर इन्डियाको जहाज पाैने ८ बजे भारतको दक्षिणी सहर केरलाको क्यालिकट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। 

उक्त जहाज अवतरण हुँदा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको जनाइएको छ। जतिबेला वर्षा भइरहेको थियो। जहाज दुई टुक्रा भएको छ।

भारतीय समाचार च्यानलहरुले जनाएअनुसार दुर्घटनाबाट धेरै यात्रु घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। 
जहाजमा १ सय ७४ यात्रु, १० नवजात, दुई पाइलट र पाँच क्याबिन क्रु मेम्बर थिए। 

पछिल्लो विवरणअनुसार कम्तिमा १४ जनाको मृत्यु भएको छ भने १ सय २३ जना घाइते भएका छन्।

केरला राज्यका सिनियर पुलिस अफिसर अब्दुल करिमलाई उद्धृत गर्दै कम्तिमा १३ यात्रु र एक पाइलटको मृत्यु भएको एपीले जनाएको छ। घाइतेमध्ये १५ जना गम्भीर अवस्थामा छन्।

नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजीव जैनले बोइङ ७३७ सिरिजको उक्त जहाज दुर्घटना हुँदा दुई टुक्रा परेको भए पनि कुनै आगलागी नभएको पुष्टि गरेका छन्।

(एजेन्सीकाे सहयाेगमा)


Leave a Reply

Your email address will not be published.