मृतक संख्या १७ पुग्यो, मोदीद्वारा दु:ख व्यक्त

मृतक संख्या १७ पुग्यो, मोदीद्वारा दु:ख व्यक्त

१ सय ९० यात्रु बोकेर युएईको दुबईबाट आएको एयर इन्डियाको जहाज बिहीबार पौने ८ बजे भारतको दक्षिणी सहर केरलाको क्यालिकट विमानस्थलमा दुर्घटनाग्रस्त भएकोमा १७ जनाको मृत्यु भएको छ। 

उक्त जहाज अवतरण हुँदा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको जनाइएको छ। वर्षा भइरहेको समयमा जहाज दुर्घटना भएर दुई टुक्रा भएको थियो।

भारतीय समाचार च्यानलहरूले जनाएअनुसार दुर्घटनाबाट धेरै यात्रु घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। 
नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्विट गर्दै घटनाको अनुसन्धानका लागि दुई टिम गठन गरिएको जनाएका छन्। एक टिम एयर इन्डिया र अर्को टिम एयरपोर्ट अथोरिटी अफ इन्डियाको रहेको छ।

नागरिक उड्डयन मन्त्रालयले जहाज दुर्घटना हुँदा दुई टुक्रा परेको भए पनि कुनै आगलागी नभएको पुष्टि गरेको छ।

प्रधानमन्त्री नरेद्र मोदीले जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै ट्विट गरेका छन्। 'जहाज दुर्घटनाले दु:खी तुल्याएको छ। मेरो सम्बेदना उनीहरूको साथभा छ जसले यो दुर्घटनामा आफ्नो परिवारका सदस्य गुमाएका छन्। साथै घाइतेको स्वास्थ्य लाभको कामना गर्दछु। केरलाका मुख्यमन्त्री पिनरई विजयनसँग दुर्घटनाका बारेमा कुरा भएको छ। अधिकारीहरू घटनास्थलमा घटिएका छन् र उद्धारमा जुटिरहेका छन्', उनले ट्विटरमा लेखेका छन्।


Leave a Reply

Your email address will not be published.