विराटनगरका कोरोना संक्रमित पत्रकार होम क्वारेन्टाइनमा

विराटनगरका कोरोना संक्रमित पत्रकार होम क्वारेन्टाइनमा

विराटनगरका तीन पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सन्जिव खनाल, कमल रिमाल र अर्का एक पुरुष नै हुन्। 

खनाल र रिमाल एउटै कार्यालयमा काम गर्दा कार्यालय सहयोगीलाई सामान्य रुघाखोकीको लक्षण देखिएपछि गत विहिबार उनीसहित दुई पत्रकारको पिसिआर परीक्षणका लागि स्वाब लिइएको थियो। 

शुक्रबार आएको नतिजाअनुसार ति कार्यालय सहयोगीसहित  खनाल र रिमालमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

संक्रमित भएकाहरूमा अहिले कुनै लक्षण छैन। उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा छन्। संक्रमित खनालले आफूमा कुनै समस्या नभएको भन्दै घरमा सुरक्षित रहेको बताएका छन्। 

उनका परिवारमा अरु सदस्यमा समेत कुनै समस्या छैन। वडाकार्यालयबाट एक पटक फोन आए पनि अन्य कुनै सरकारी निकायले आफूहरूको बारेचमा चासो नदिएको उनको गुनासो छ।

‘मलाई कुनै चिकित्सकले पनि खोजेका छैनन्। म घरमै सुरक्षित हुन्छु। यहि बस्छु,’ खनालले आयोमेलसँग भने। 

रिमाललाई भने बिहिबारसम्म सामान्य ज्वरो आएको थियो। अहिले आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताए। उनी पनि घरमै सेल्फ क्वारेन्टाइनमा रहेका छन्।

अर्का ४७ वर्षीय पत्रकारको स्वास्थ्यसमेत  सामान्य रहेको पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले जानकारी दिए।

शुक्रबार एकैदिन विराटनगरमा मात्र  ५५ संक्रमित भेटीएका छन्। हालसम्म विराटनगरमा २ सय ४५ संक्रमित भेटिएकोमा ४३ जना कोरोनामुक्त भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कील जानकारी दिएका छन्। 

प्रदेश १ मा शुक्रबार एकैदिन ८९ संक्रमित थपिएका थिए। यो नै एकैदिन थपिएको हालसम्मकै उच्च संख्या हो।


Leave a Reply

Your email address will not be published.