कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा  झापा हल्दिबारी (साविक जलथल –८) का ४३ वर्षीय दुर्गाबहादुर थापामगर रहेका छन्। 

फरार अवधिमा ति व्यक्ति वैदेशिक रोजगारीमा  मलेसिया र दुबई समेत गएको पाइएको छ। उनलाई मेचीनगर–१२ सहरेडाँगीस्थित आफन्तको घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले  पक्राउ गरेको हो।

थापामगरसहित चार जनाले कुटेर स्थानीय ४५ वर्षीय बिरीकलाल माझीको हत्या गरेका थिए। हत्यामा सम्लग्न खेम फुयाल फरार छन्। अन्य दुई जनाको नाम खुलेको छैन।

चुरोट किन्दा पसल गर्ने महिलाको हात छोएको निहुँमा निर्घात कुटपिट गरी  बिरीकलालको हत्या गरिएको थियो। उनीहरूले ६० साल  कात्तिक ३० गते बिरीकलालको हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद  कोइरालाले बताए।

विष्णुलाल माझीको घरमा पाहुना आएका बिरीकलालको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको थियो। नातामा बिरीकलाल बिष्णुलालका ज्वाँइ हुन्।

घटनापछि विष्णुलालले किटानी जाहेरी दिएका थिए। थापामगर र फुयालको नाममा किटानी जाहेरी परे पनि अन्यको नाम जाहेरीमा खुलेको छैन।

मुद्दामा ध्यान केन्द्रित गरेको छ। पुराना अपराधका घटनामा प्रहरीले ध्यान केन्द्रित गरेपछि केही व्यक्ति पक्राउ पनि परेका छन्।

१४ वर्षअघि व्यक्ति हत्या गरेर फरार बौदल लाम्गादे, नागरिकता काण्डका सुरेश आचार्य, भीमबहादुर खड्का, ज्यान मुद्दाका युवराज राजवंशी, ठगी मुद्दाका हरिभक्त संग्रौला लगायतका व्यक्ति पक्राउ परिसकेका छन्। अपराध कहिल्यै पुरानो नहुने र अपराधीले सजाय पाउनै पर्ने मान्यताका साथ झापा प्रहरी  पुराना घटनाका दोषीको खोजीमा लागेको कोइरालाले बताए।


Leave a Reply

Your email address will not be published.