म्याड्रिड र युभेन्ट्स बाहिरिए, रोनाल्डोको दुई गोल अर्थहीन

म्याड्रिड र युभेन्ट्स बाहिरिए, रोनाल्डोको दुई गोल अर्थहीन

कोरोना भाइरसको महामारीपछि सुरु युरोपेली च्याम्पियन्स लिग फुटबलको शुक्रबार रातिको खेलपछि म्यानचेस्टर सिटी र लियोन क्वाटरफाइनलमा पुगेका छन्। 

अन्तिम १६ पहिलो लेगको खेल भएपछि कोरोनाका कारण स्थगित भएको थियो। 

सिटीको घरेलु मैदान इतिहादमा सिटीले रियल म्याड्रिडलाई २-१ ले पराजित गरेको थियो। म्याड्रिडमा भएको पहिलो लेग पनि सिटीले २-१ ले नै जितेको थियो। टोली समग्रमा ४-२ नतिजा लिएर अगाडि बढ्यो।
क्वाटरफाइनलमा इंग्लिस क्लब सिटीले  फ्रान्सेली टोली लियोनको सामना गर्नेछ। 

उत्साही म्यानचेस्टर सिटीका खेलाडी । शुक्रबार

लियोनले युभेन्ट्सलाई पन्छाउँदै अन्तिम आठको यात्रा तय गरेको हो। युभेन्ट्सले खेल २-१ ले जिते पनि अवे गोलका कारण अगाडि बढ्न सकेन। पहिलो लेग लियोनले १-० ले जितेको थियो, जसका कारण समग्रमा २-२ भएपछि अवे गोलबाट लियोनले अगाडिको यात्रा तय गरेको थियो। 

दोस्रो लेगमा सिटीको जित्दा रहिम स्टर्लिङ र ग्याब्रियल जेससले गोल गरेका थिए । रियलबाट करिम बेन्जमाले एक गोल फर्काए ।  रियल यसपालिको ला लिगा च्याम्पियन टोली हो । 

युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि त्यो पर्याप्त रहेन । लियोनका लागि एक गोल मेम्फिस डिपेले पेनाल्टीबाट गरेको थियो । 

शनिबार बार्सिलोना र नेपोली तथा बायर्न म्युनिख र चेल्सी क्वाटरफाइनल पुग्नलाई प्रतिस्पर्धा हुनेछ ।

बार्सिलोना र नेपोलीबीचको पहिलो लेगको खेल १-१ को स्थितिमा छ भने बायर्न भने चेल्सीलाई ३-० ले हराएर बलियो अवस्थामा छ ।


Leave a Reply

Your email address will not be published.