प्रहरीलाई वाणिज्य बैंकको स्वास्थ्य सामग्री सहयोग
राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले जिल्ला प्रहरी कार्यालय डोटीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोरोना संक्रमणको अवस्था दिनानुदिन बढीरहेको समयमा सबै ठाउँमा प्रहरी नै खटिनु पर्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाका शाखा प्रबन्धक हरकसिं धामीले बताए।
संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको शाखा प्रबन्धक धामीले बताए। कोरोना संक्रमणको संख्या दिनानुदिन बढीरहेको अवस्थामा बैंकमा सेवा लिन आउने सेवाग्राहीले सरकारले जारि गरेका स्वास्थ्य मापदण्ड पालन गरेर आउन समेत आग्रह गरेका छन्।
हाल सामाजिक दूरी कायमसहित सरकारले जारी गरेका मापदण्डको पूर्ण पालना गरि आफूहरूले सेवा प्रवाह गरिरहेको उनले बताए।
स्वास्थ्य सामाग्रि बुझ्दै जिल्ला प्रहरी कायालय डोटीका प्रहरी नायब उपरिक्षक इन्द्रदेव मल्लले फिल्डमा खटीने सबै प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सामग्री बितरण गरिने बताए। उनले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धीका माप दण्डलाई सबैले पूर्ण पालन गर्न समेत आग्रह गरेका छन्।
बैंकले सर्जिकल माक्स १६ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ माक्स ४० थान सहयोग गरेको हो।
राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले योभन्दा पहिले पूर्विचौकी गाउँपालिका वडा नम्बर १ मा रहेको शाजेन्द्रेश्वर माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा र उत्कृष्ट अंक ल्याउने विद्यार्थिलाई पुरस्कारसमेत प्रदान गरेको थियो।